Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा निर्वाचनमा धरानका मेयर हर्क साम्पाङले पनि मतदान नगर्ने


    बिहिबार, माघ ११ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । कार्यव्यस्तता देखाउँदै साम्पाङले उक्त चुनावमा मतदान नगर्ने भएका हुन्।

    “म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ,” उनले भने ।

    विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    कोसी प्रदेशसभाका सबै ९३ सांसदले मतदान गरिसकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

    कार्यालयका अनुसार, १३७ स्थानीय तहतर्फका १० जनाले मतदान गर्न बाँकी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार