Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा निर्वाचनका बेला मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस


    बिहिबार, माघ ११ २०८०
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु एक्कासी बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको ।

    थारु बुधवार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका थिए । होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो ।

    त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ ।

    नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र अझैसम्म अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । उनका अनुसार अवस्था गम्भीर रहेको जानकारी अस्पतालले दिएको छ ।

    राष्ट्रियसभा निर्वाचनका लागि आज मतदान हुँदै छ । स्थानीय तहका प्रमुख एवं उपप्रमुख पनि निर्वाचनका मतदाता हुन् । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । थारु नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार