काठमाडौं . सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । आफू र पत्नी निकितालाई संक्रमण भएको लामिछानेले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले जानकारी दिए ।
‘गत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं,’उनले फेसबुकमा लेखेका छन्।