Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा कोरोना संक्रमित महिलाको निधन


    बिहिबार, कार्तिक १३ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ। चन्द्रपुर–१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो। 

    नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा बिहीबार बिहान चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ। यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। 

    मिर्गौला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो। पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार