काठमाडौं । दलित किशोरसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको प्रहरीले बताएको छ । कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टाछुट्टै पारी हत्यास्थलबाट ५० मिटर दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो । प्रहरीको अनुसन्धान जारी राखेको थियो । पाँच महिनापछि अर्थात् करिब २० दिनअघि मात्रै शवको पहिचान भएको बारा प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend