Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९ अर्बको नेपाली कृषि परियोजना विश्व बैंकद्वारा स्वीकृत


    बिहिबार, कार्तिक १३ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ । आज उक्त परियोजना स्वीकृत गरेको नेपालस्थित कार्यालयले जनाएको छ । 

    नेपालको कृषि क्षेत्रको विकास र कोभिड महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनालाई स्वीकृत गरेको हो । यो परियोजनाले कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य राखेको बताइएको छ ।

    यसले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने विश्व बैंक समूहको विश्वास रहेको छ । खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।

    विश्व बैंकका माल्दिभ्स, श्रीलंका र नेपालका लागि कन्ट्री म्यानजर फारिस हदाद जर्वोसले यो परियोजना कृषिमा नेपाल ब्राण्ड स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्छन् । नेपालले बढी सम्भावना बोकेका चिया, कफी, फलफुल तथा जडिबुटीलाई बजारिकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार