Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेरामक्स प्रकरणमा अख्तियारले लियो मुख्यसचिव अर्यालसँग बयान


    बुधबार, माघ १० २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालको बयान लिएको छ । केही दिनअघि अख्तियारले मुख्यसचिव अर्यालसँग बयान लिएको हो ।

    नीतिगत निर्णयमा आफ्नो नाम कसैले मुछेपछि आफूबाट कुनै गल्ती कमजोरी नभएको बयानमा उनले जिकिर गरेका छन् ।

    यसअघि पेमेन्ट गेटवे विवादमा पनि अर्यालले अख्तियारलाई बयान दिएका थिए । कानुनी पूर्वाधारविना टेरामक्स प्रणाली खरिद अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकूल व्याख्या गरेको उजुरी अख्तियारमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार