काठमाडौं । प्रहरीले बाँकेमा जुवाको ठूलो खालमा छापा मारेको छ । जुवा अखडाबाट प्रहरीले २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ।
गएराति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै रहेको एउटा जुवा अखडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जुवाको खालबाट पक्राउ पर्नेमा नेपालगञ्ज र कोहलपुरका ठूला व्यवसायीहरु रहेको बताइएको छ ।