काठमाडौं । कोरोना संक्रमण भइ निको भएकाहरुको शरीरको एन्टिबडी घट्ने दर तीव्र हुने एक अध्ययनमा देखिएको छ । बेलायती नागरिकमा गरिएको अध्ययनको क्रममा प्रतिरोधी क्षमता दीर्घकालिनरुपमा नरहने संकेत गरेको पाइएको छ।
इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरुले मार्च र अप्रिलमा कोभिड–१९ को पहिलो चरणको लहरपछि मानिसहरुमा रहेको एन्टिबडीबारे अध्ययन गरेका थिए । उनीहरुको अध्ययनमा जुनमा ६ प्रतिशत जनसंख्यामा एन्टिबडी पाइएकोमा सेप्टेम्बरमा यो घटे ४.४ प्रतिशत पुगेको देखिएको हो । दोस्रो लहरअघि धेरैजनामा संक्रमणविरुद्ध प्रतिरोधी क्षमता कम देखाएको छ ।
कोरोनाभाइरसविरुद्धको प्रतिरोधी क्षमता निकै जटिल रहको छ । यसविरुद्ध प्रतिरोधी क्षमताका लागि टी सेल र बी सेल जिम्मेवार हुने बताइन्छ । तर, अध्ययनकर्ताहरुले भने एकपटक संक्रमित भएपछि पनि प्रतिरोधी क्षमता लामो समय नटिक्ने बताएका छन् ।
पीसीआर परीक्षण गरेर कोभिड–१९ को पुष्टि भएकाहरुको तुलनामा लक्षण नदेखिएका र आफू संक्रमित बनेको थाहा नै नभएकाहरुको एन्टीबडीमा चाँडै ह्रास आएको अध्ययनमा देखिएको छ ।
निरन्तर भाइरसको सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुमा भने एन्टीबडीको मात्रामा कुनै कमि देखिएन ।
यसअघि, जर्मनीमा गरिएको अध्ययनमा कोरोनाभाइरसको हटस्पट बनेका क्षेत्रहरुका मानिसमा कोभिड–१९ विरुद्धको एन्टिबडी पाइएको थिएन ।