Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतबाट भन्सार छली गरेर ल्याइएको १९ हजार किलोभन्दा बढी प्याज बरामद


    बुधबार, माघ १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। भारतबाट भन्सार छली गरेर ल्याएको १९ हजार किलोभन्दा बढी प्याज प्रहरीले नियन्त्रणमा लिएको छ ।

    महोत्तरीको बर्दिबास नगरपालिका- ३ स्थित विपी राजमार्गमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा इलाका प्रहरी कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले १९ हजार किलो प्याज र २ सय बोरा सिमेन्ट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    प्रहरीको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा २ वटा बोलेरो र ४ वटा ट्रकमा अवैध रुपमा भन्सार गरी लैजाँदै गरेको अवस्थामा प्याज र सिमेन्ट नियन्त्रणमा लिएर आवश्‍यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्याल पथलैया, बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार