Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • अछाममा भालुको आक्रमणबाट दुई किशोरी गम्भीर घाइते


    बुधबार, माघ १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • अछाम । अछाममा स्याउँला ल्याउन जङ्गल गएकी दुई किशोरी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् । रामा रोशन गाउँपालिका-५ तडिगैडा निवासी १९ वर्षीया किरण शाह र १८ वर्षीया पार्वती शाह भालुको आक्रमणबाट गम्भीर घाइते भएकी आफन्त भरत शाहले जानकारी दिए ।

    घाइतेको स्थानीय चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर पर्खिरहेको भरतको भनाइ छ । मुख्यमन्त्री र सामाजिक मन्त्रीले गम्भीर भए हेलिकप्टर आउँछ भन्नुभएको छ, त्यसैले उपचारमा तल मुजाबगर नलिएर अहिले यतै राखेर पर्खिरहेका छौँ । बुढाको भनाइ छ ।

    घाइते मध्ये किरण बेहोस रहेको र पार्वती सामान्य रूपमा मात्रै बोल्ने अवस्था रहेको बताइएको छ । दुवैको टाउको र शरीरका विभिन्न स्थानमा चोट लागेको छ । बुधबार बिहान स्याउँला ल्याउन स्थानीय सालिमकोट वनमा बिहान ७:१५ बजेतिर भालुले आक्रमण गरेको आफन्तले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार