Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा


    बुधबार, कार्तिक १२ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुगेका छन् । विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुगेकाे समाचारमा जनाइएको छ । श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्तभएको समाचारमा सो कुराको जानकारी गराइएको हो ।

    अमेरिकी विदेशमन्त्री पोम्पेओ हाल भारतको भ्रमणमा रहेका थिए । उनी भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन्।

    उनले श्रीलंकाको राजधानी कोलम्बो पुगेर ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिएका हुन् । ट्वीटमा उनले आफूलाई श्रीलंकाली नेताहरुले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गरे ।

    उनले आफूलाई श्रीलंकाली अधिकारीहरुले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिए । विदेशमन्त्री पोम्पेओले श्रीलंकामा यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार