Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै नायिकामाथि चक्कु प्रहार


    बुधबार, कार्तिक १२ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । टेलिभिजनकी नायिका मालवी मल्होत्रामाथि चक्कु हमलाका आरोपी योगेश महिपाल सिंहसम्म पुग्न मुम्बई प्रहरी सफल भएको छ । प्रहरीले सिंहलाई घाइते अवस्थामा फेला परेका हुन् । उनलाई प्रहरी निगरानीमा एक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि प्रहरीले उनलाई पक्राउ गर्नेछ ।

    प्रहरी अधिकारीका अनुसार आरोपी सिंह मंगलबार राति छिमेकी पालघर जिल्लाको वसईस्थित एक अस्पतालमा भर्ना भएका थिए । मालवीमाथि हमला गरेपछि उनले पनि आत्महत्याको प्रयास गरेको आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि प्रहरीले गरेको छैन ।

    हमलापछि पछि आरोपी सिंह आफ्नो कारमा फरार भएका थिए । उनलाई अस्पतालमा फेला पारेपछि प्रहरीको एक टोली पुगेर उनीसँग सोधपुछ गरेको थियो ।

    अभिनेत्री मालवीका अनुसार आरोपीले कथित रुपमा सोमबार राति मुम्बईको बर्सोवा क्षेत्रमा पेट र दुई हातमा चक्कु प्रहार गरेका थिए । उनी गम्भीररुपमा घायल छिन् । उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीको जाँचमा योगेशले यो हमला एकतर्फी प्रेमका कारण गरेको खुलेको छ । प्रहरीलाई मालवीले आफूले सिंहलाई पछिल्लो एक वर्षदेखि चिनेको र उनी आफूसँग विवाह पनि गर्न चाहेको बताएकी छन् । तर, उनले सिंहको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।वर्सोवा प्रहरीका अनुसार आरोपी सिंहविरुद्ध ३०७ (हत्याको प्रयास) सहित विभिन्न भारतीय दन्ड संहिताको धाराअनुसार एफआईआर दर्ता गरिएको छ । सभार दैनिक भास्कर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार