Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्छौ: गृहमन्त्री श्रेष्ठ


    मंगलबार, माघ ९ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताएका छन् । आज सशस्त्र प्रहरी बलको २३ औँ दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मानव अधिकारको उच्च सम्मान, लैंगिक हिंसामा शून्य सहनशीलता र जनमैत्री सुरक्षा निकाय अहिलेको अपरिहार्य मान्यताप्रति मन्त्रालय दृढ रहेको उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका सुरक्षा निकायको परिचालन, विशेषज्ञता, व्यवसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको बताए ।

    उनले कार्यस्थलमा आफूलाई प्राप्त स्पष्ट जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमान्दार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार