Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नार्कका कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई काम गर्न रोक


    मंगलबार, माघ ९ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई उच्च अदालत पाटनले काम गर्न रोक लगाएको छ ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले नियमविपरीत भट्टराईलाई दोस्रो पटक नार्कको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि अदालतले आज अल्पकालीन आदेश जारी गरी रोक लगाएको हो ।

    पहिलो कार्यकाल मंसिर २८ सकिएपछि पुस २३ गते पुनः भट्टराईलाई कार्यकारी निर्देशकका रूपमा मन्त्री भुसालले नियुक्त गरेका थिए । न्यायाधीश हरिप्रसाद पौडेलको इजलासले मन्त्रालयको पत्र कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार