Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब कोरोनाको दैनिक प्रेस ब्रिफिङ नहुने, सातामा दुई दिन हुने


    बुधबार, कार्तिक १२ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोरोना संक्रमणबारे प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

    दशैंका समयमा पाँच दिन रोकिएको प्रेस ब्रिफिङ बुधबारबाट पुन: सुरु भएको थियो । आज उप्रान्त भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

    उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने गौतमले जानकारी दिए।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार