Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता


    मंगलबार, माघ ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान नेताद्वयबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

    झुलाघाट–चिवाभञ्याङ मध्यपहाडी यात्राका क्रममा जनताले दिएका सुझाव बुझाउन गएको बेला ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

    संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अन्तिम रूप दिनेलगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भएको ओलीनिकट एक नेताले बताए ।

    उनका अनुसार प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुंग्याउन लागेको भन्दै एमालेसँग सहयोग माग गरेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार