काठमाडौं । राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको ट्वीटर अकाउन्ट बन्द भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न कार्यालयले शितल निवास @SHITALNIWAS नामबाट ट्वीटर अकाउन्ट सञ्चालनमा ल्याएको थियो। भेरिफाइड भैसकेको अकाउन्ट अन्तत: डिएक्टिभेट भएको छ।
राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले अकाउन्टमाथि दुई देखि तीन पटक साइबर हमला भएको बताए।
ढकाल झण्डै एक महिना अघिमात्र राष्ट्रपति कार्यालयमा प्रेस विज्ञका रुपमा नियुक्त भएका थिए। आफूले नै पहिला दर्ता भएर सञ्चालनमा नरहेको अकाउन्टलाई सक्रिय बनाउने काम गरेको उनले उल्लेख गरे।
राष्ट्रपतिको प्रेस सचिवालयले सञ्चालन गर्ने गरी चलाइएको अकाउन्टबाट सेयर भएका केही सामग्री विवादीत भएका थिए। एउटा अनलाइन पोर्टलको समाचार सेयर गरिएपछि धेरैले अकाउन्ट सञ्चालनको तौर तरिकामाथि समेत प्रश्न उठाएका थिए।
राष्ट्रपतिको छुट्टै ट्विटर ह्याण्डल @presidentofnp सञ्चालनमा छ। त्यसलाई पनि भेरिफाइ गराउने प्रक्रिया अगाडि बढाएको ढकालले बताए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend