Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु


    सोमबार, माघ ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुसी सेनामा भर्ना भएका रसुवाका एक युवकको मृत्यु भएको छ

    मृत्यु हुनेमा रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तान रहेका छन्। रुसी सेनामा कार्यरत ती मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए । मृतक पूर्व नेपाली आर्मी समेत हुन् ।

    गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार