काठमाडौँ। सप्तरीस्थित जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पुगेपछि झडप भएको छ ।
सप्तरीको राजविराजमा यादव कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा पुग्दा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
सुरक्षाकर्मी लगाएर लाठी चार्ज गर्दा प्रदेशका मन्त्री, नेता र कार्यकर्ता घाइते भएको जनमत पार्टीका अध्यक्ष राउतले जनाएका छन् ।
‘शिक्षा मन्त्री मा. महेशप्रसाद यादव, मा. सतिशकुमार सिंह, मा. भाग्यश्री चौधरी, मा. रञ्जु खंगसहित जनतामाथि प्रहरी र सेना लगाएर लाठीचार्ज गरी घाइते बनाएको अवस्था’ राउतले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘उहाँहरू गाँधीवादबाट नै जवाफ दिनु पर्ने भन्दै प्रमुख अतिथिको लालचीलाई स्वागत गर्न फूलमाला लिएर जानुभएको थियो।’
जनमत पार्टीका नेता कार्यकर्ताहरू यादवलाई स्वागत गर्न भन्दै व्यांग्यात्मक ब्यानर लिएर पुगेका थिए ।
दुवै पक्षका नेता कार्यकर्ता पुगेपछि बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् ।
यस अघिदेखि नै भवनको शिलान्यास कार्यक्रम रोक्नुपर्ने माग जनमतका नेता कार्यकर्ताले गर्दै आएका थिए ।
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend