काठमाडौं । अर्थ मन्त्रालयले दुई उपसचिवलाई दुईओटा भन्सार कार्यालयको जिम्मेवारी दिएको छ ।
वीरगञ्ज भन्सारको जिम्मेवारी गणेश अर्याललाई दिइएको छ । यस्तै सुख्खा बन्दरगाह, सिर्सिया, पर्सामा लालबहादुर खत्रीलाई भन्सार प्रमुखको रुपमा सरुवा गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
मन्त्रालयको बुधबारको निर्णय अनुसार यी दुई उपसचिवले सो कार्यालय प्रमुखको रुपमा काम गर्ने बताइएको छ ।