Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५० किलो गाँजासहित मकवानपुरमा दुईजना पक्राउ


    सोमबार, माघ ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा करिब ५० किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। थाहा नगरपालिका–८, दामगाडेबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने धुलोसहित पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेहरूमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ घर भई मकवानपुरको थाहा नगरपालिका–९, नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र थाहा नगरपालिका–३, दमकी घर भई सोही नगरपालिका–६, बज्रबाराही बस्ने ३२ वर्षीय रणबहादुर थिङ छन् ।

    इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा दुई वटा बोरामा राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार