Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विभिन्न स्थानमा तीन जना मृत फेला


    सोमबार, माघ ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् । सुनसरी, डोटी र झापा जिल्लामा उनीहरू मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको हो ।

    सुनसरीको धरान उपमहानगरपालिका-६ पानमारी किशानचोकस्थित नालीमा सोही उपमहानगरपालिका-६ शिवालय टोल बस्ने ६४ वर्षीय सन्चवीर लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै डोटीको बडिकेदार गाउँपालिका(२ असुरा बस्ने २२ वर्षीय राजीव मास्की मगर सोही गाउँपालिका(३ स्थित पातलको भिर तल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    यता झापाको अर्जुनधारा नगरपालिका-६ बिहानीटोलमा हाल नाम, थर, वतन नखुलेका ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार