Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु


    बुधबार, कार्तिक १२ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको  मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार कञ्चनरुप  नगरपालिका २ बरमझियाका ७५ वर्षीय तीलक सुरेतको कारको ठक्करबाट मृत्यु भएको हो। आज बिहान बाटो काट्ने क्रममा कारले ठक्कर दिएको जनाएको छ।

    पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले  ठक्कर दिँदा बृद्धको घटनास्थलमै मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार