Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुख्खा बन्दरगाह निर्माणकाे प्रक्रिया चाँडै सुरु हुने मन्त्री भट्टको दावी


    बुधबार, कार्तिक १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् ।

    मंगलबार महाकाली नगरपालिका– १ मा सुक्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए ।

    वाणिज्यसचिवको नेतृत्वको टोलीले वस्तुस्थिति बुझेर प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए ।

    मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर सुनार  र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।

    सुक्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम सुरु गरेको भएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गतेदेखि काम सुरु गर्ने जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार