Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरीमाथि नै चक्कु प्रहार


    आइतबार, माघ ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलामा दुई जना प्रहरीमाथि चक्कु प्रहार भएको छ । श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरीमाथि नै चक्कु प्रहार भएको हो ।

    आरोपी महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् ।

    उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    प्रहरीका अनुसार चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार