विराटनगर। मोरङको लेटाङ नगरपालिका–५ खेरुवामा आज दिउँसो तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार लेटाङ बजारबाट जाँतेतर्फ जाँदै गरेको को १८ प ६२८२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दिउँसो साढे १ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार लेटाङ–२ का १८ वर्षीय जेनिस राईको मृत्यु भएको छ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइपुर्याउना साथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक लेटाङ–५ का २९ वर्षीय विजय मगर घाइते भएका छन्।
स्थानीय स्वास्थ्य संस्थामा सम्भव नभएपछि उनलाई थप उपचारका लागि न्युरो अस्पतालतर्फ नै ल्याइएको प्रहरीको भनाइ छ। दुर्घटना भएका बेला मोटरसाइकलमा तीन जना सवार रहेको जानकारी प्रहरीले प्राप्त गरेको छ।
मोटरसाइकलको बीचमा बस्ने युवकको भने पहिचान खुलेको छैन। दुर्घटनालगत्तै फरार बनेका उनी प्रहरीको सम्पर्कमा पनि पुगेका छैनन्। ‘दुर्घटना हुँदा मोटरसाइकलमा तीन जना सवार रहेको पाइएको छ। मोटरसाइकलको बीचमा बस्ने व्यक्ति दुर्घटनालगत्तै भागेको प्रत्यक्षदर्शीले बताएका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘फरार रहेकाको खोजी जारी राखिएको छ। घाइते अवस्थाका चालक उपचाररत रहेकाले थप विषय बुझ्न पाइएकै छैन।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend