Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछाने र जीवी राई मुछिएका समस्याग्रस्त सहकारी ठगीको अनुसन्धान सीआईबीले गर्दै


    आइतबार, माघ ७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीवी राई जोडिएको सहकारी ठगी सम्बन्धी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान थालिन लागेको हो ।

    सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्यले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको जानकारी दिइन् । सीआईबी स्रोतले दिएको जानकारीअनुसार त्यसमा पोखरास्थित सूर्यदर्शन सहकारी पनि रहेको छ । जहाँ रवि लामिछाने र जीबी राई पनि जोडिएका छन् ।

    “सबै अनुसन्धान गर्दा उहाँहरू संलग्न रहेको सहकारीमाथि पनि अनुसन्धान हुन्छ, आवश्यक परे उहाँहरूमाथि पनि छानबिन गर्नुपर्ने हुन्छ ।” राई समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

    राई अहिले फरार छन् भने लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार