Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुखबाट लडेका घाइतेको उपचारमा जुट्यो रु ३ लाख


    बुधबार, कार्तिक १२ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बेनी । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो ।

    नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त रु २ लाख ९१ हजार ६५५ रिजालको परिवारलाई हस्तान्तरण गरिएको छ । अस्पतालमा औषधोपचारमा रकम आवश्यक परेपछि संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिइएको नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले जानकारी दिनुभयो । संकलित रकम मंगलबार उपचाररत रिजालका बुबा रुद्रलाई वडाध्यक्ष जीवनकुमार मल्ल र उपशाखाका सभापति शर्मा सहितको टोलीले हस्तान्तरण गर्नुभएको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार