काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४.१ प्रतिशत नाघेको छ । नेपालमा २०७७ कात्तिक १२ गते बिहानसम्म १ लाख ६० हजार ४ सय कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ८ सय ७६ पुगेको छ ।