Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युगान्डामा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेबीच भेटघाट


    शनिबार, माघ ६ २०८०
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच आज भेटघाट भएको छ । असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पालामा रहेका उनहरूबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो ।

    उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय मुद्दा र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषय सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

    त्यसक्रममा श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकामा जोड दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार