काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ सय ७६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ७० जना नयाँ संक्रमित थपिएका हुन्।