Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकट काट्ने विषयमा सुर्खेतमा दुई यातायात व्यवसायीबीच झड्प, एक जना घाइते


    शनिबार, माघ ६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिटी बसपार्कमा भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिबीच झडप भएको छ ।

    शनिबार बिहान टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको हो । झड्पमा एकजना भिजिट कर्णाली यातायातका व्यवसायी घाइते भएका छन् । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

    गत पुस २६ गते मात्रै सञ्चालनमा आएको भिजिट कर्णाली यातायात प्रालिका कर्मचारीमाथि संयुक्त यातायात व्यवसायीका केही कर्मचारीले हातपात गर्दा झडप भएको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    सुर्खेतमा पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका जनाइएको छ ।संयुक्त यातायात प्रा.लि देखि भिजिट कर्णालीको टिकक काट्ने स्थान फरक रहेको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष गणेश कुमार बिसीले भने,‘ सयुक्तको टोली हाम्रो टिकट काउण्टरमा आएर झडप गयो । सुर्खेत सयुक्त बाहेर अरुले गाडी चलाउन नपाउने भन्ने छ । सुर्खेतमा अरु नयाँ व्यवसायी व्यवसाय नगरुन भन्ने छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार