Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंंगलबार काठमाडौं उपत्यकामा २५२ नयाँ संक्रमित थपिए


    मंगलबार, कार्तिक ११ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई  कोरोना संक्रमण देखिएको छ।

    पछिल्लो २४ घण्टामा देशभर ५ सय ७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ।

    आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म ८७६ जना संक्रमितको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार