काठमाडौं । भारतमा एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा ५ नेपाली नागरिक पक्राउ परेका छन्।
एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको हाे ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको छ।
उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ ।
उनीहरुलाई दुई दिनअघि उत्तर प्रदेशको लखनउबाट हिरासतमा लिई हैदरावाद लगिएको छ ।
उनीहरुमध्ये दुई जना सो घरमा नै काम गर्ने गरेको समेत प्रहरीले उल्लेख गरेको छ ।
उनीहरुले १८ तोला सुन र ४० तोला चाँदी र १० लाख रुपयाँ चाँदी लुटेका थिए ।