Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री बस्नेतले भने- राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेट अभाव हुँदैन


    शुक्रबार, माघ ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन नदिने उल्लेख गरेका छन् ।

    शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले विभिन्न सिँचाइ आयोजनाहरू लामो समयदेखि निर्माणाधीन रहेको भन्दै उक्त आयोजनाहरूलाई बजेट अभाव नदिने बताए ।

    सिँचाइ आयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रूपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको उनले बताए । मन्त्री बस्नेतले आयोजना निर्माणमा केही ढिलाइ भएकाले समय तोकेरै सम्पन्न गर्नेगरी काम अघि बढेको धारणा राखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार