Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फोनबाट मेयरलाई धम्की दिने पुरुष पक्राउ


    शुक्रबार, माघ ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बाराको कलैया उप-महानगरपालिकाको नगर प्रमुख विनोद साहलाई धम्की दिएकाे आरोपमा एकजना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका-५ महुवन बस्ने ३६ वर्षीय भोला गिरी रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

    फोन गरी धम्की दिएको भनी नगर प्रमुखले जानकारी गराएपछि तत्काल विभिन्न माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

    न्यौपानेका अनुसार माघ ३ गते पक्राउ परेका गिरीको सन्दर्भमा थप अनुसन्धान कार्य भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार