Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित ३ जना प्रहरीको फन्दामा


    शुक्रबार, माघ ५ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजनालाई पक्राउ गरेको छ। राजस्व अनुसन्धान विभागकाे टाेलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो ।

    क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् ।

    ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार