काठमाडौं । नेपालफेस डटकममा प्रकाशित समाचारप्रति सशस्त्र प्रहरी सहायक हवल्दार इमाम मियाँ ठकुराईले आपत्ति जनाएका छन् । नेपालफेस डटकममा २०८० पुस २२ गते मंगलबार ‘सेटिङमा तस्करी, बाहिनीमा तानिएका सशस्त्रका डिएसपी र इन्स्पेक्टर पुनः फिर्ता’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति ठकुराईले आपत्ति जनाएका हुन् ।
ठकुराईले नेपालफेस डटकमको आधिकारिक इमेलमा खण्डनपत्र पठाउँदै उक्त समाचार कपोलकल्पित, आधारहीन तथा तथ्यहीन रहेको उल्लेख गरेका छन् । उनले पठाएको खण्डनपत्रमा भनिएको छ–‘तपाईंको अनलाइन पोर्टलमा उल्लिखित मितिको ‘सेटिङमा तस्करी, बाहिनीमा तानिएका सशस्त्रका डिएसपी र इन्स्पेक्टर पुनः फिर्ता’ शीर्षकको समाचारमा पत्रकार आचार संहिता २०७३ लाई कति पनि ख्याल नगरिकन एकपक्षीय रुपमा मेरो व्यक्तिगत चरित्रहत्या एवं संगठनको छविमा समेत प्रश्नचिन्ह उठ्नेगरी प्रकाशित समाचारप्रति मेरो तथा सिंगो संगठनको समेत गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउन चाहन्छु ।’
त्यसैगरी खण्डनमा भनिएको छ–‘म विगत १४ बर्षदेखि संगठन, देश र देशवासीको सेवा र सुरक्षामा अनवरत खटिइरहेको सशस्त्र प्रहरी कर्मचारी हँु । पेशाको यो जीवनमा संगठनको नीति, निर्देशन तथा आचार संहिता अनुसार माथिल्लो कमाण्डरले अहाएको काम त्रुटिरहित ढंगबाट सम्पादन गरी अलग छवि निर्माण गर्न सफल सप्रक हुँ ।
बाथ रोगको कारण बेला बखत अस्पताल धाइरहनुपर्ने भएको कारण म हाल कान, हड्डी तथा वाथरोगको सशस्त्र प्रहरी हस्पिटल, वलम्वुमा रमाना लिई नेपाल एपिएफको लाइन व्यारेकमा बसी उपचाररत भै कार्यरत छु । सप्रवल नेपाल प्रधान कार्यालयबाट अनुगमनार्थ टोली खटाएको हुन सक्छ । तर त्यसमा मलाई कहीँ कतैबाट खटाएको छैन । यस्तो अवस्थामा मेरो फोटोको समेत दुरुपयोग गरी आपराधिक मनसायले मेरो नाम जोड्ने लगायत उक्त समाचारमा उल्लिखित विबरणको कुनै पनि सत्यता तथ्य नभएको समेत प्रष्ट पार्दछु ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend