Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


    मंगलबार, कार्तिक ११ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा २१ का ५६ वर्षीय पुरुष छन् ।

    कात्तिक ५ गते श्‍वासप्रश्‍वासमा समस्या भएपछि ती पुरुषलाई अस्पतालको सीआईसीयू कक्षमा भर्ना गरिएको थियो ।

    उनको कात्तिक ८ गते कोभिड १९ संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट पीडित थिए । ती पुरुषको स्वास्थ्य अवस्थामा थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखेर उपचार गरिएको हो । उनको गएराति ९:३५ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार