Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरका यी स्थानमा भाेलि विद्युत् सेवा अवरुद्ध हुने


    बिहिबार, माघ ४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरका विभिन्न क्षेत्रमा भाेलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

    जसअनुसार चापागाऊ फिडर पाटनले चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द हुने छ ।

    विद्युत् सेवा गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानहरुमा अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार