Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दशैंको मौका पारेर जुवा, पक्राउ परे जनप्रतिनिधिसहित १२ जना


    मंगलबार, कार्तिक ११ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तम्घास । दशैंको मौका पारेर ठूलो दाउसहितको जुवा खालमा रमाउनेहरु प्रहरीको फन्दामा परेका छन् । गुल्मीको सो जुवाखालबाट स्थानीय जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको प्रहरी स्रोतले जानकारी दिए ।

    पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहनप्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डेलगायतलाई छन् ।

    उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नं. ८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो ।

    उनीहरुको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

    प्रहरीले कोरोना महामारीको समयमा पनि जुवाखाल चलेको सूचनाको आधारमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार