Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कास्कीका कैदीबन्दीले लगाएनन् टीका


    मंगलबार, कार्तिक ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् ।

    विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए ।

    ‘विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो,’ उनले भने, ‘यस वर्ष कोरोना महामारी फैलिने जोखिमीलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो ।’

    कोरोनाको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका सामान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको उनले बताए ।

    कोरोना महामारीका कारण गत चैत ११ गते अगावैदेखि भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण गरिएको कारागार प्रशासनले जनाएको छ ।

    गौतमका अनुसार कास्की कारागारमा हाल ९०९ जना विभिन्न मुद्दाका कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार