काठमाडौँ। बक्सिङकी राष्ट्रिय खेलाडी नीता गोसाईं घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी नीता भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकका अनुसार नीता झुण्डिएको अवस्थामा भेटिएपछि दाइले डोरी काटेर निकालेका थिए।
डोरी काटेर निकालेपछि उनैले प्रहरीलाई खबर गरेका थिए। नीताको रहस्यमय मृत्यु प्रकरणको अहिले प्रहरीले अनुसन्धान गरिरहेको पाठकले बताए।
नीताको मृत भेटिएपछि उनको परिवारले एकजना फर्निचर व्यवसायीविरुद्ध प्रहरी वृत्त, जगातीमा आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएका छन्।
ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
अहिले शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ। उजुरी पनि परेकाले घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend