Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री रेखा शर्माले भनिन्- एनसेल सेयर खरिद-बिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने तयारी छ


    बिहिबार, माघ ४ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन टंकमणि शर्मा नेतृत्वको समितिले माघ १५ गते बुझाउने भएको छ।

    प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समितिले माघ १५ भित्र प्रतिवेदन बुझाउने जानकारी गराइन्।

    गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन समिति गठन गरेको थियो।

    समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन्।

    यो समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएकोमा १५ दिनको सयय थपिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार