Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईको ज्यान गुम्यो


    सोमबार, कार्तिक १० २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत  सप्तरीको  कञ्चनरुप नगरपालिका ८ मा सोमबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।

    उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । 

    श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भएका छन् । रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार