Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री बस्नेतको दाबी- नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्छ


    बिहिबार, माघ ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने दाबी गरेका छन्।

    स्वतन्त्र ऊर्जा उत्पादक संघले गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने उल्लेख गरे ।

    निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी बिजुली उत्पादन गर्न सक्ने उनको भनाइ छ।

    पछिल्लो डेढ वर्षको अवधिमा १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादनको अवस्था सिर्जना भएको उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार