Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • उपराष्ट्रपति र भारतीय राजदूतबीच भेटवार्ता


    बुधबार, माघ ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादव र भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरुबीच शिष्टाचार भेटघाट भएको हो ।

    भेटघाटका क्रममा परस्पर शुभकामना आदान–प्रदानपछि दुई मुलुकको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरू लगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार