Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय निर्माण कम्पनीका अलपत्र ठेक्का तोड्न मन्त्री ज्वाला र राजदूतबीच छलफल


    आइतबार, बैशाख ३ २०८०
    5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय काम नगरी अलपत्र पारेका योजना तोड्ने बिषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र भारतीय राजदूतबीच छलफल भएको छ ।

    आइतवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच लामो समयदेखि अलपत्र योजना तोड्ने र पठनाह–विराटनगर, रक्सौल काठमाडौं रेल सेवा निर्माण र सञ्चालनका बिषयमा कुराकानी भएको मन्त्रालयका सचिव केशव शर्माले बताउनुभएको छ ।

    भारतीय एक्जिम बैंकको लगानीमा केही योजनाहरु नेपालमा सञ्चालित छन् । ती योजनाहरु भारतीय निर्माण कम्पनीले सम्पन्न गर्ने ठेक्का पनि लिएका थिए । तर लामो समयसम्म निर्माण हुन सकेका छैनन् । दाङको लमही–घोराही सडक खण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो । सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन् ।

    मन्त्री ज्वाला र राजदूत श्रीवास्तवका बीच रक्सौल–काठमाडौं रेल सेवा निर्माणका बिषयमा पनि कुराकानी भएको छ । नेपाल सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्रीको भारत भ्रमणपछि यो आयोजनाले मूर्तरुप लिने आँकलन गरिएको छ ।

    भेटवार्तामा नेपाल–भारत क्रस बोर्डर रेल सेवाका बिषयमा पनि कुराकानी भएको छ । पठनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभित्ता, जोगवनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका बिषयमा कुराकानी भएको सचिव शर्माले बताउनुभयो । जयनगर जनकपुर कुुर्ता खण्डको ३४ किलोमिटरमा रेल सेवा सञ्चालन भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार