Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्नेमध्ये एक जना पक्राउ


    बुधबार, माघ ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बलात्कार पीडित गौशाला-२६ को तस्बिर सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेका छन् । राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ ।

    राईले क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गरेको प्रहरीको दाबी छ।

    त्यस्तै पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको उनले बताए । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार